तीज गीत ‘झल्को माइतिको’ सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल। हिन्दु नारिहरुको महान चाड हरितालिकालाई लक्षित गर्दै तीज गीत सार्वजनिक हुने क्रम बढ्दो छ। यसै क्रममा रिता बरालिको स्वरमा रहेको तीज गीत सार्वजनिक गरिएको छ।’झल्को माइतिको’ बोलको गीतमा शब्द तथा संगीत पनि गायिका रिता स्वयमको रहेको छ । सार्वजनिक गीतमा राजेन्द्र बजगाईंले संगीत संयोजन गरेका हुन्।

लिगेश भट्टराईको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोलाई बिरेन्द्र भट्टले खिचेका हुन् भिडियोलाई अमृत पन्थीले सम्पादन गरेका छन् भिडियोमा बीबी बराली,अस्मिता बिक र सिता कार्कीको अभिनय रहेको छ। सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियो बुढा सुब्बा डिजिटलको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।