र्‍यापर सुरेन्द्र गुरूङ (हाकिम) को ‘त्रास’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम गरेका पुराना र्‍यापर सुरेन्द्र गुरूङ (हाकिम) को स्वरमा रहेको गीत ‘त्रास’ युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सुरेन्द्र गुरुङको स्वरमा रहेको गीत हाकिम इन्टरटेन्मेन्ट मिडियाको अफिसियल युट्यूब मार्फत सार्वजनिक गरिएको हो । गीतमा शब्द रचना सुरेन्द्र गुरुङको रहेको छ । मोडल दीपक शाहीले फिचर्ड म्युजिक भिडियोको निर्देशन तथा सम्पादन एलिस नेप्किङ र सुजन श्रेष्ठले गरेका छन् । उक्त गीतमा फेशन डिजाइनिङ सोन्या गुरुङले गरेकी छिन् ।

पाँच दर्जन भन्दा बढी गीतमा स्वर दिइसकेका गायक सुरेन्द्र गुरुङ (हाकिम) यस गीतमा फरक गायकी सुन्न सकिन्छ । ‘यो गीत मैले अलिकति फरक शैली र तरिकामा देशको बारेमा गाएको छु । आशा छ गीतले दर्शक श्रोताको मन जित्न सफल हुनेछ’ हाकिमले भने ।