
सेलिब्रेटी नेपाल। चलचित्र ‘बाकस’ को शुभमुहुर्त सम्पन्न भएको छ । ललितपुर स्थित बंगलामुखी मन्दिरमा पूजा गर्दै चलचित्रको मुहुर्त गरिएको हो । मुहुर्तमा विपना थापा, बर्षा राउत,महेश त्रीपाठी, भोलाराज सापकोटा, सुपला सपकोटा, धुर्व कोईराला पुष्कर राउत, विक्रम बुढाथोकीको उपस्थिती रहेको थियो ।
चलचित्रमा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, हिउँवाला गौतम, धुर्व गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेस्ठ, विमल यादव साथै बाल कलाकार सुपला सापकोटा, सनज चौलागाईं, अविरल चौलागाईं, रेखा भन्डारी, सगुन खड्का लगायतको अभिनय रहने छ । यही फिल्म मार्फत भोला र सुपला (बाबुछोरी) ले एकसाथ स्कृन सेयर गर्ने छन् । मणि तामाङ मुख्य सहायक निर्देशक तथा सावन शर्मा, सिर्जना भुजेल र मनिश चौलागाईं सह निर्देशक रहेको फिल्ममा द्वन्द किरण दहाल र श्रिङ्गार उर्मिला लामाको रहने छ ।
चलचित्रको संगीत दिपक शर्मा र सनम पुरुष राईले हेर्ने छन् भने एक्ज्युकेटिभ प्रोड्युसर धिरेन्द्र पन्त छन् ।सुजिता चौलागाई निर्माता रहेको फिल्ममा राजन सिंह केसी र छत्र बहादुर खड्का सहनिर्माताको रुपमा रहेका छन् । फिल्ममा सिनेम्याटोग्राफीमा महेश पौडेलको रहने छ । नबिन पन्तको लेखन तथा निर्देशनमा बन्ने चलचित्र पिके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुँदैछ ।





