सुनिलको ‘मसला’मा सुधिर र जेबिकाको रोमान्स, बुद्धि हेरेको हेर्यै(भिडियो)



काठमाडौँ । प्रेम वियोगका शृजनामा रमाउने पप गायक सुनिल गिरीले आफ्ना दर्शकका लागि दशैँको कोशेलीका रुपमा मसला डान्सिङ्ग गीतको भिडियो लिएर आएका छन् । कोरोना कहरको समयमा पनि संगीत सृजनामा निकै तल्लिन गायक गिरीले आफ्नै निर्देशनमा तयार पारेको मसलामा सुनिललाई स्वरमा साथ गायिका एलिना चौहानको स्वर रहेको छ ।

सँधै नयाँ अनुहारलाई मात्रै आफ्नो गीतमा स्थान दिने गायक गिरीले यसपटक भने चर्चित अनुहार सुधिर श्रेष्ठ, बुद्धि तामाङ, जेबिका कार्की र विशाल रेग्मीलाई आफ्नो भिडियोमा स्थान दिएका छन् । गायक स्वयमकै शब्द, संगीत र एरेन्ज रहेको गीतमा टिकटकबाट चर्चा कमाएका सुधिर र जेबिकाको जोडी गज्जब जमेको छ । सार्वजनिक गीतको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् ।

विकाश दाहालको कलर र सम्पादन रहेको भिडियोको छायांकन हरि हुमागाईले गरेका हुन् । सुनिलकै कन्सेप्टमा तयार भएको मसला सुनिलकै यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।