कर्माको माया कस्लाई…..सविना की उरुसालाई ? (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
facebook
गायक शुक्र लामा दोङको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक लामाकै शब्द, संगीत र नोर्बु शेर्पाको संगीतसंयोजन रहेको ‘फेसबुक’ मा बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा कर्मा लामालाई मोडल सविना र उरुशाले साथ दिएका छन् । कर्मा लामा एक कुशल संञ्चारकर्मी समेत हुन् । आफ्नो जादुमय आवाजमार्फत लाखौ दर्शकस्रोताको मन जित्न सफल लामाले केही समय अघिदेखि टिभी टुडे मार्फत मनोरञ्जनात्मक कार्यक्रम ‘छड्के सलाम’ पनि सञ्चालन गर्दे आईरहेका छन् ।

रायन कार्कीले निर्देशन गरेको भिडियोलाई सुमित नेपालीले खिचेका हुन् । भिडियोमा दिपक विष्टको सम्पादन छ ।

लामो समयको मेहनत पछि बजारमा ल्याएको आफ्नो सृजनालाई दर्शकस्रोताले मन पराउने गायक शुक्रको अपेक्षा छ । भिडियोमा भक्तपुरको रानीकोट आसपासमा रहेको सुन्दर दृश्य हेर्न सकिन्छ ।