सुधिर र रियाषाको प्रेममा बिछोड (भिडियो)



सेलिब्रेटी नेपाल। सम्राट चौलागाईं र एलिना चौहानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘कहिले माया देखायौं’ बोलको गीतमा सुधिर श्रेष्ठ र रियाषा दाहाल फिचर्ड छन्। सार्वजनिक गीतमा शब्द र संगीत पनि गायक चौलागाईकै रहेको छ। सुरेन्द्र बसेलको निर्देशन रहेको भिडियोलाई नवराज उप्रेतीले छायाँकन र बिर बहादुर थारुले सम्पादन गरेका छन् । भिडियोले प्रेम वियोगको कथा बोल्छ ।