‘हाँसी हाँसी जलिरहे’ भन्दै शिल्पा (भिडियो)



काठमाडौँ। गायिका अरुणा लामाको ‘हाँसी हाँसी जलिरहे’ बोलको गीतलाई पुनः स्वरबद्ध गरेर नयाँ भिडियो सार्वजनिक गरिएको छ । गायिका लामाको जन्मदिन पारेर भिडियो सार्बजनिक गरिएको हो । सार्वजनिक गीतमा गायिका कविता श्रेष्ठको स्वर रहेको छ । कविताले स्वरबद्ध गरेको गीतमा कुन्दन राज सुब्बाको संगीत रहेको छ भने नरेन्द्र राज प्रसाईको शब्द रहेको छ ।

गीतको निर्मात्री यमु शर्मा सुब्बा हुन् । भिडियोमा शिल्पा पोखरेल, आयुष क्षेत्रीको साथमा यमुको पनि अभिनय रहेको छ ।आयुष क्षेत्रीकै निर्देशन रहेको भिडियोमा अबिनाश डिसी र किरण गिरीले सम्पादन गरेका छन् भने छायाँकन नवराज उप्रेतीले गरेका हुन्।