सम्झना र हेमन्तको दशैं गीत ‘आउन पाइन यो साल नि म घर’ सार्वजनिक



काठमाडौँ। नेपालीहरुको महान चाड बडा दशैं नजिकिँदै गर्दा दशैं लक्षित गीतको यतिबेला चर्चा बढ्दो छ । त्यस्तै गायक तथा सारङ्गि बाधक हेमन्त कान्छा रसाइलीले पनि लाखौं परदेशीहरुको पीडालाई गीत मार्फत प्रस्तुत गरेका छन् । ‘आउन पाइन यो साल नि म घर’ बोलको गीतमा गायिका सम्झना भण्डारी र हेमन्त कान्छाको स्वर रहेको छ। शब्द संगीत पनि गायक हेमन्त कान्छाकै रहेको छ । गीतको भिडियोमा हेमन्त कान्छा, सुजता बस्याल, चक्र साउद, शिशिर भण्डारी, मतिकला गैरे,टेकवीर बस्याल, समस्ती गौतम, रीदम गैरै लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

हेमन्त कान्छा र सुजता बस्यालले निर्देशन गरेको भिडियोलाई नविन सुनुवारले सम्पादन तथा बिकाश ज्ञवालीले कलर संयोजन गरेका छन् । गीतको भिडियोलाई हेमन्त कान्छा रसाइली अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।