राम सिटौलाको डान्सिङ्ग गीतमा सरोज र आश्मा (भिडियो)



काठमाडौँ। राम सिटौलाको शब्द तथा संगीतमा नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। शैलेन्द्र मुढभरीको आवाज रहेको गीतमा विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ। डान्सिङ्ग बिटको रमाइलो गीतमा कार्टुन क्रूका सरोज अधिकारी र आश्मा बिस्वकर्मा फिचर्ड छन्। भिडियोमा सरोज र आश्मासँगै पेम्बा मगर, सन्देश थापा र विजय अधिकारीको नृत्य समाबेश छ ।

सरोजकैै कन्सेप्ट र निर्देशन रहेको सार्वजनिक गीतको भिडियोमा ज्ञानेन्द्र शर्मा हुँमागाईंको छायाँकन र सरोजको सम्पादन छ । कार्टुन क्रूको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक भिडियो यति बेला यु ट्युब ट्रेण्डिङमा छ।