प्रताप दासको नयाँ गीत ‘सास’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक प्रताप दासको नयाँ गीत ‘सास’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रतापको स्वर रहेको छ भने यसमा सविन प्रियासनको शब्द र शरद सागर अधिकारीको संगीत रहेको छ ।

प्रेमलाई अभिव्यक्त गरिएको गीतको भिडियोमा मोनु शाह र कमला बस्नेत फिचर्ड छन् । पानस मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गीतको भिडियोमा राज पोखरेलको छायांकन , टेकेन्द्र शाहको सम्पादन र अमित शाही ठकुरीको निर्देशन रहेको छ । पानस मिडियाले यस्तै म्युजिक भिडियो तथा नेपाली टेली सिरियल,शर्ट मुभी तथा विभिन्न मनोरंजन प्रदान गर्ने भिडियोहरु दर्शक श्रोता माझ पस्कने संचालक अनन्त तिमल्सिनाले सेलिब्रेटी नेपाललाई जानकारी दिए।