‘तिम्रै हुन मन लाग्यो’ भन्दै प्रकाश र मिरुना (भिडियो)



काठमाडौँ। बसन्त सापकोटाको शब्द र संगीतमा ‘तिम्रै हुन मन लाग्यो’ गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा स्वर गायिका मेलिना राईले दिएकी छिन् । भिडियोमा गायक तथा कलाकार प्रकाश सपुत र नायिका मिरुना मगर फिचर्ड छन्।

‘तिम्रै हुन मन लाग्यो’ बोलको गीतको भिडियोलाई कैलाश राईको निर्माण गरेका हुन् । सिक्किमका व्यवसायी राईले यस अगाडी ‘मैं साबले’ जस्तो सफल गीतको भिडियो निर्माण गरेका थिए । यो भिडियो पनि सफल हुनेमा उनले शुक्रबार आयोजित प्रेसमिटमा विश्वास व्यक्त गरे । कार्यक्रममा बसन्त, प्रकाश र मिरुनाले अडियो तथा भिडियो राम्रो बनेको भन्दै दर्शकको साथ मिल्ने आशा व्यक्त गरे।

अनिल के मानन्धरले छायाँकन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन्। देबेन्द्र बब्लुले निर्देशन गरेको भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।