प्रकाश र सपनाको ‘लौरी गोगनको’मा रेखा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: प्रकाश कटुवाल र सपना थापाको स्वरमा रहेको नयाँ लोक तथा दोहोरि गीत ‘लौरी गोगनको’ सार्बजनिक गरिएको छ । प्रकाश कटुवालको शब्द तथा संगीत रहेको गीतमा कृष्ण बिकको संगीत संयोजन रहेको छ । बिक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा गायक प्रकाश र मोडल रेखा थापा
फिचर्ड छन् ।

प्रकाश खड्काले छायांकन गरेको भिडियोलाइ मिलन बिश्वर्कमाले सम्पादन गरेका हुन् । टु एसआर नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको भिडियोलाइ दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । भिडियोलाई सार्बजनिक भएको तेस्रो दिनमा तेत्तिस हजार भन्दा बढी भ्युज मिलेको छ ।