लोक तथा दोहोरी गीत ‘विद्यानास’मा पल र बेनिशा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: प्रमोद खरेल र लक्ष्मी मल्लको आवाजमा नयाँ लोक दोहोरी गीत ‘विद्यानास’ सार्वजनिक गरिएको छ। शुक्रबार यु ट्युब मार्फत सार्वजनिक गीतमा श्रीकृष्ण बम मल्लको संगीत र कृष्ण केसीको शब्द रहेको छ।

भिडियोमा पल शाह र बेनिशा हमालको नृत्य देख्न सकिन्छ। भिडियोलाई कोरियोग्राफी तथा निर्देशन शिव बिकले गरेका छन। उत्सव दाहालले खिचेको भिडियोमा इन्टेन्स इल्डको सम्पादन रहेको छ। भिडियोमा सुप्रीम पराजुलीको कलर ग्रेडिङ रहेको छ। आफ्नो मन युटुब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई पहिलेको चर्चित गीत “लोभी आँखा”लाई झैँ दर्शक स्रोताले रुचाउनेमा निर्माण टिम विश्वस्त रहेको छ।