जेविकासँग निराजनको रोमान्स (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
nirajan

गायक कमल घलेको स्वर रहेको “के लुकाउनु माया” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा निराजन प्रधान र जेविका कार्की फिचरिङमा छन् । प्रेमभाव बोकेको गीतमा निराजन र जेविकाको लव केमेष्ट्रिलाई हेर्न सकिन्छ ।
यमन सुवेदीको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बुको संगीत र चन्दु गार्खालीको संगीत संयोजन छ ।

शान थापाको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन, रोहन नेपालीको कोरियोग्राफी र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।