जुम्ला अनि राराको सुन्दरता समाबेश ‘हेलो सुनन’(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: प्रताप दास र पुर्णिमा लामाको स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘हेलो सुनन’ सार्बजनिक गरिएको छ । सार्बजनिक ‘हेल्लो सुनन’ बोलको गीतमा पदम बिन्दास रोकायाको शब्द र मदन रोकायाको संगीत रहेको छ । युबराज खत्रीको निर्देशन रहेको भिडियोमा मदन रोकाया र सुमिना श्रेष्ठ फिचर्ड छन् ।

सुजन श्रेष्ठले छायांकन गरेको भिडियोलाइ निर्देशक खत्रीले सम्पादन गरेका हुन् । जुम्ला अनि राराको आसपासको रमणिय दृश्यमा छायांकन गरिएको भिडियो मदन रोकायाको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।