संचारकर्मी दिपेन्द्रको ‘रङ्ग भित्रको’मा निता बनिन् महारानी (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: संचारकर्मी दिपेन्द्र घिमिरेको शब्दमा गायिका मेनुका पौडेलको स्वर रहेको गीत ‘रङ्ग भित्रको’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा एस.डी योगीको संगीत रहेको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका छन् ।

एक रानीको राजासंगको मायाको चाहा र रानीको मायाको चाहालाई बेवास्ता गर्ने राजाको कथा प्रस्तुत गरिएको सार्वजनिक गीतको भिडियोमा निराजन प्रधान र अभिनेत्री नीता ढुंगानाको अभिनय रहेको छ । भिडियोमा शान थापाको निर्देशन, अनिल के. मानन्धरको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।