दिनेशको मायालु भाका जोयाले सुन्लान् कि नसुन्लान् ? (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
Dinesh
बहुप्रतिभाशाली गायक दिनेश न्यौपानेले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । डिएन ईन्टरटेन्टमेन्ट नेपालको युट्युव च्यानलमार्फत “आउँ नजिक तिमीलाई नै” गीतको भिडियो सार्वजनिक गरिएको हो ।

इक्षा इरानीको शब्दमा न्यौपानेले नै संगीत र संगीत संयोजन गरेका छन् । जोया श्रेष्ठको अभिनय रहेको भिडियोलाई रणविर श्रेष्ठले छायांकन र सम्पादन गरेका छन् । भिडियोलाई अनिल कटवलले निर्देशन गरेका हुन् ।