‘डिजिटल फोटो’ले बले र कक्रोजलाई झुक्याए पछी (भिडियो)



काठमाडौं । गायक सुनिल कटुवाल र गायिका सरु गौतमको स्वरमा ‘डिजिटल फोटो’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । कुमार कटुवालको शब्द रहेको ‘डिजिटल फोटो’मा दीपक शर्माले संगीत दिएका छन् ।

म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफि देवेन्द्र पाण्डेले गरेका छन् । भिडियोमा हरिश निरौला, सागर लम्साल, गीता ढुंगाना र प्रतिमा कँडेलको अभिनय रहेको छ । उत्सब दाहालले छायांकन गरेको भिडियो बिकाश दाहालले सम्पादन गरेका छन्। भिडियो इनाक्षि इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।