चेतनको रास्ट्रिय भावनाको गीत ‘बुद्ध फर्काइ देउ’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: संगीतकार तथा गायक चेतन सापकोटाको स्वदेश गान ‘बुद्ध फर्काइ देउ’ सार्बजनिक गरिएको छ। देश प्रेमले ओत प्रोत गीतमा शब्द पनि गायक स्वयम् सापकोटाको नै रहेको छ । ‘मेरो देशमा एउटा अर्को महा मानब पठाई देउ जस्तो भए नि हुन्छ मन शुद्द पठाई देउ मेरो देशमा एउटा अर्को बुद्द पठाई देउ’
यो गीतको शब्द संगीत र स्वर तिनै कुरा उत्कृस्ट बनेको छ ।

देशमा एउटा महा नायकको आबश्यकता छ। देशको बिकाश गर्न एउटा महान व्यक्तिको आबस्यकता महसुश गरेर यो गीत बनाईएको चेतन बताउछन् । २०६५ सालमा रेकर्ड गरेको गीत हालै मात्र यु ट्युबमा सार्बजनिक गरिएको हो । गंगाराम सापकोटाले छायांकन गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् बिनोद गुरुङले संगीत संयोजन गरेको गीतको भिडियो वि स्टार नेपाल नामक यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । भिडियो चेतन सापकोटाको निर्देशनमा बनेको हो ।


र यो पनि हेर्नुस