बाल गीत ‘नाम मेरो लाली’ सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल । गीतकार अम्बिका गुरुङको शब्द,राजन कार्की कार्की संगीत र रबिना बसेलको स्वर रहेको बाल गीत सार्वजनिक गरिएको छ ‘नाम मेरो लाली’ बोलको गीतमा टिकटकमा चर्चामा रहेकी अकेशा पोख्रेलको अभिनय रहेको छ।

त्रिशा केसीको निर्देशनमा बनेको उक्त गीतमा सन्देश शर्माको छायांकन तथा प्रवेश सिंहको सम्पादन छ। उक्त गीत ‘नाम मेरो लाली’ लाई भाव सागर क्रियशनको अफिसियल युटुब च्यानलबाट हेर्न सकिन्छ। गीतकार अम्बिका गुरुङ्गका यसअघि थुप्रै हीट गीतहरु बजारमा आइसकेका छन्। साथै बाल कलाकार अकेशा पोख्रेलका अन्य म्युजिक भिडियोहरु समेत सार्वजनिक हुने तयारीमा छन्।