अञ्जु र राजको ‘नौतले दरबार’ सार्वजनिक(भिडियो)



काठमाडौं। गायिका अञ्जु पन्त र राज खड्काको स्वर रहेको ‘नौतले दरबार’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दीपक शर्माको शब्द र संगीत तथा नरेन्द्र वियोगीको संगीत संयोजन छ ।

भिडियोमा राज खड्का, जुना सुन्दास, महेश खड्का र अनिसा ओली फिचर्ड छन् । आशुतोष ऐडीको कोरियोग्राफी रहेको भिडियोमा उज्जवल जोशीको छायांकन तथा सम्पादन र छवि लामा तामाङ(शिशिर)को निर्देशन छ । भिडियो जी टु जी मिडियाको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।