खुमन र स्मृतीको तीज गीत ‘झोला लुकाउँछन्’ सार्वजनिक


काठमाडौं। गायक खुमन अधिकारी र म्युजिक भिडियो निर्देशक तथा मोडल स्मृती तिमिल्सिना (गुरुआमा)को आवाजमा एक तीज गीत सार्वजनिक गरिएको छ। सोमबार ‘झोला लुकाउँछन्’ बोलको तीज गीत सार्वजनिक गरिएको हो। गीतमा खुमन अधिकारीको शब्द संकलन तथा विनोद बाजुरालीको एरेञ्ज छ।

स्मृती तिमिल्सिना (गुरुआमा)कै निर्देशन रहेको गीतको भिडियोमा खुमन र स्मृतीका साथमा हाँस्यकलाकार किरण केसी (राता मकै), अन्जु श्रेष्ठ (हात्ती), शेर बहादुर डिसी र अस्मिता पुरीको अभिनय रहेको छ।

सुरेश श्रेष्ठको छायांकन रहेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन्। विवाहित दिदीभाईका पीडालाई रमाईलो तरिकाले गीतमा प्रस्तुत गरिएको छ।

भिडियो गुरुआमा फिल्मस् प्रा.लीको युट्युब च्यानलमा हेर्न सकिन्छ।