‘सेल्फि किंग’ निर्माण घोषणा, विपिनको जोडी लक्ष्मी


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘सेल्फि किंग’ निर्माणको औपचारिक घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो । गत वर्ष व्यवसायिक र समिक्षात्मक दुबै रुपमा सफल चलचित्र ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गर्नेछन् । अमेरिकाको लस एन्जलस सिटी कलेजमा चलचित्र निर्देशन अध्ययन गरेका बिशालको यो डेव्यु चलचित्र हो ।

चलचित्रमा अभिनेता विपिन कार्की, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गर्नेछिन । चलचित्रमा बिपिनको शिर्ष भुमिका रहनेछ । बिपिनले सेल्फि किंगको भूमिका निर्वाहा गर्नेछन् । हाँस्यकलाकारको जीवनको कथा भन्ने चलचित्र भएकोले पनि आफुले चलचित्रको कथा सुन्दा साथ काम गर्न उत्साहित भएको बताए बिपिनले बताएका छन् । उनले निर्देशक बिशालको प्रसंसा गर्दै भने – ‘उहाँ नयाँ भए पनि नयाँ जस्तो लागेन । चलचित्र बुझेको र उत्कृष्ट काम गर्न सक्ने निर्देशकका रुपमा पाएको छु ।’

निर्देशक बिशालकै लेखन रहेको चलचित्रमा सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि= पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, उत्तम न्यौपानेको डाउण्ड डिजइन, बिनोद नेपालको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहने छ ।

चलचित्रमा फष्ट एडिका रुपमा दिनेश बहादुर रावत, सेकेण्ड एडिका रुपमा गणेश शाही, एडिका रुपमा राजेश राज गिरी, तर्कराज न्यौपाने, सुलभ थापा रहने छन् । भाद्र २४ गते मंगलबारबाट छायाँकनमा जाने चलचित्रका सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।