माग्ने बुढाको ६१ लाख पारिश्रमिक ! ‘माग्ने राजा’ संगै फेरि चम्किएलान् केदार घिमिरे ?


काठमाडौँ। नेपाली टेलिभिजन दर्शकहरूका लागि प्रिय नाम बनिसकेका केदार घिमिरे (माग्ने बुढा) पछिल्लो समय फेरी चर्चामा छन्। कारण ६१ लाख रुपैयाँ पारिश्रमिक।

‘मेरी बास्सै’ मार्फत घर-घरमा हास्य र सामाजिक व्यङ्ग्य पुर्‍याएका माग्ने बुढा चलचित्र ‘माग्ने राजा’ मार्फत फेरी स्क्रिनमा फर्किने तयारीमा छन्। चलचित्र भदौ ६ गते देशभर प्रदर्शनमा आउने पक्का भइसकेको छ। चलचित्रको निर्देशन ऋषि लामिछानेले गरेका हुन्।

चलचित्र प्रदर्शन पहिले नै मिडिया र दर्शकमाझ उनले लिएको भनिएको ६१ लाख पारिश्रमिक को चर्चा चुलिएको छ। के माग्ने बुढाको ब्राण्ड यति महँगो भइसक्यो त? केहीले “यो त नेपाली फिल्मको स्तरभन्दा माथि” भन्दै प्रश्न गरेका छन् भने समर्थकहरू भन्छन् – “उनी आफैंमा एउटा इन्डस्ट्री हुन्।”

सार्वजनिक गरिएको टिजरमा केदार घिमिरेको पुरानै शैलीको व्यङ्ग्य, गाली, र टुक्का संवादहरू देखिन्छन्। यही कारण टिजरको कमेन्ट सेक्सनमा पनि मिश्रित प्रतिक्रिया देखिन्छ – केहीले ‘ओभर एक्टिङ’ भन्दै आलोचना गरेका छन् भने केहीले “क्लासिक माग्ने बुढा फर्किए!” भन्दै उत्साहजनक प्रतिक्रिया दिएका छन्।

टिजर हेर्ने बित्तिकै लाग्छ, माग्ने बुढा यो पटक राजा बन्ने सपना लिएर आएका छन् – तर फिल्मको नाम ‘माग्ने राजा’ कति सटिक छ भन्ने कुरा भने फिल्म हेरेपछि मात्रै थाहा हुनेछ।

अब हेर्न बाँकी छ, माग्ने बुढाले दर्शकको मनमा पुरानै जादू ल्याउन सफल हुन्छन् कि पारिश्रमिकको गफैमा सीमित हुन्छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.