सौगात,अनुपबिक्रम र गिताञ्जली स्टारर ‘जार’ को फर्स्टलुक पोस्टर सार्वजनिक



काठमाडौँ। अभिनेता सौगात मल्ल र अनुपबिक्रम शाही स्टारर चलचित्र ‘जार’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । यथार्थपरक कथामा आधारिक रहेर निर्माण गरिएको भनिएको यो चलचित्रको सार्वजनिक पोस्टरमा लिड अभिनेत्री गिताञ्जली थापालाई केन्द्रमा राखिएको छ भने सौगात र अनुपलाई क्यारेक्टर लुक्समा देखाइएको छ । चलचित्रको केन्द्रिय द्वन्द्व नै महिला पात्र हो ।

सम्पुर्ण छायांकन सिक्किममा गरिएको यो चलचित्रले सन् १८ सयको दशक अन्त्यतिर सिक्किमेली समाजमा घटेको एक यथार्थ घटनालाई बोल्नेछ । गिताञ्जली भारतमा राष्ट्रिय अवार्ड विजेता अभिनेत्री हुन् ।

फुर्वा छिरिङ लामाको निर्देशन रहेको यो चलचित्रको छायांकन गत अप्रिलमा सम्पन्न भएको थियो । ‘जार’को कथा इन्द्र बहादुर राईले लेखेका हुन् । फेर्री टेल फिक्चर्सले होप रिल एण्ड एलए सर्ट्सको सहकार्यमा यो फिल्म निर्माण गरेको हो । चलचित्रमा झुमा लिम्बु र गंगा थापाको संगीत छ भने सम्पादन अखिलेश राईको छ ।

चलचित्रको छायांकनदेखि सम्पादनसम्मको सम्पुर्ण प्राविधिक काममा भारतिय टिम संलग्न छ । केहि समयपछि टिजर रिलिज गरेर चलचित्रको प्रदर्शन मिति सार्वजनिक गर्ने निर्माण टिमले बताएको छ ।