पुष्प र वर्षाको ‘मनसँग मन’ को छायांकन सकियो



काठमाडौं। कैलाश राईको निर्देशनमा तयार भएको चलचित्र ‘मनसँग मन’को छायांकन सकिएको छ । कालिञ्चोकका रमणिय स्थानमा एक गीतको सुटिङ गरेसँगै चलचित्रको छायांकन सकिएको हो । ‘सही दिउँला तिम्रो लागि’ बोलको गीतमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी प्रस्तुत छन् ।

छायांकन गरिएको गीतमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मुकेश उदासको शब्द, रोहन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर छ ।

अरुण तामाङको लगानी रहेको चलचित्रमा पुष्प र वर्षाको मुख्य भुमिका छ । अर्जुन जीसीको सम्पादन रहेको चलचित्रमा सन्तोष खवासको एक्सन छ । चलचित्र नयाँ बर्षको अवसरमा चैत्र २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ ।