आजबाट जितु नेपालको ‘आई एम जीतबहादुर’ प्रदर्शनमा

फिल्मले गाउँमा बस्ने सरल, हँसिलो र सपनाले भरिएको विवाहित युवक जितबहादुरको कथा प्रस्तुत गर्छ।


काठमाडौं । अभिनेता जितु नेपालले पहिलोपटक निर्माण गरेको चलचित्र ‘आई एम जीतबहादुर’ आजबाट प्रदर्शनमा आएको छ । भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको चलचित्रमा कलाकार बन्न गाउँबाट सहर पुगेर संघर्ष गर्ने एक साधारण युवाको कथालाई प्रस्तुत गरिएको छ ।

फिल्मले गाउँमा बस्ने सरल, हँसिलो र सपनाले भरिएको विवाहित युवक जितबहादुरको कथा प्रस्तुत गर्छ। गाउँको सानो नाट्य मञ्चबाट अभिनय यात्रा सुरु गर्ने उसको सपना, त्यसलाई साकार पार्न उसले भोग्नुपरेका संघर्ष, चुनौती र जीवनका उतारचढावलाई चलचित्रले मार्मिक ढंगले चित्रण गरेको छ।
चलचित्रमा जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, सारा शर्मा, अंशु महर्जन, पवन खतिवडा, राजन सिम्खडा र मिसेल घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रले सिनेमा हलमा सन्तोषजनक शो पाएको छ । चलचित्रको वुधवार राजधानीमा ग्राण्ड प्रिमियर गरिएको थियो। प्रिमियरमा अधिकांश चलचित्रकर्मीहरूले फिल्मको कथा, प्रस्तुति र विशेषगरी जितु नेपालको अभिनयको खुलेर प्रशंसा गरेका थिए । चलचित्रका निर्माता जितु नेपाल हुन्। सह-निर्मातामा राजन सिम्खडा र दिपेन्द्र अधिकारी रहेका छन् भने निश्चल कुँवर र निरज नेपाल कार्यकारी निर्माताका रूपमा रहेका छन्। चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ भने वितरणको जिम्मेवारी आरआर फिल्म्सले सम्हालेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.