शिवरात्रीमा ‘प्रेम पुजा’को पोस्टर,किन लुकाईयो अभिनेता ?

सेलिब्रेटी नेपाल

काठमाण्डौ: निर्देशक अमरदीप सापकोटाले निर्देशन गर्ने नयाँ चलचित्र ‘प्रेम पुजा’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरेका छन् । शिवरात्रीको अवसरमा सार्वजनिक पोस्टर शिवरात्री बिशेष छ । निधारमा त्रिपुण्ड लगाएका तथा धार्मिक वस्त्रमा रहेका अभिनेताको पुरा अनुहार भने देखाइएको छैन । निर्देशक सापकोटाले चलचित्रको औपचारिक घोषणा कार्यक्रममा मात्र अभिनेता सहित अन्य कलाकारहरु खुलाउने बताए ।

यो चलचित्र दुर्गापुजा अर्थात आगामी विजया दशमीमा रिलीज गरिने जनाईएको छ । बैशाख पहिलो साताबाट छायांकनमा जान लागेको यस चलचित्रको काठमाडौं, चितवन र भारतको बनारसमा छायांकन हुनेछ । यस चलचित्रलाई ईन्टरटेन्मेन्ट वर्ल्डवाईड प्रा.लि.ले निर्माण गर्दैछ । कथा, पटकथा तथा संवाद अभिमन्यु निरबीको रहेको छ ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३