‘साङ्लो’ उपयुक्त डेब्यु निकिता चाण्डक


सेलिब्रेटी नेपाल

काठमाडौँ: विश्वका कुनै पनि मुलुकमा सुन्दरता प्रतियोगिता जितेर अभिनयमा होमिने व्यक्तिको बढी नै चर्चा हुने गर्दछ । यसबाट नेपाली चलचित्र क्षेत्र अछुतो रहने कुरै भएन । झरना बज्रचार्य, सृष्टि श्रेष्ठ, मलिना जोशी, रुबी राणा जस्ता मिस नेपालले नेपाली चलचित्रमा आफ्नो अभिनय पस्किसकेका छन् । यस वर्ष ‘मिस नेपाल – २०१७’ निकिता चाण्डकले चलचित्र ‘साङ्लो’ मार्फत डेब्यु गर्दैछिन् ।

निकिताको डेब्युलाई लिएर दर्शकमा एक किसिमको उत्सुकता छ । पहिलो चलचित्रमै एक्सन स्टार विराज भट्टसँग जोडी बाँधेकी निकिताले कस्तो काम गरेकी छन् त ? सबैतिर चर्चा छ ।

माघ २४ गते बाट प्रदर्शन हुने चलचित्रलाई लिएर निकिता पनि आतुर छिन् । ‘साङ्लो’को ट्रेलर र एक गीत रिलिज भैसकेका छन् । जहाँबाट निकिताले उत्कृष्ट प्रतिक्रिया बटुलिन । गीत र ट्रेलरबाटै निकितालाई सम्भावना बोकेकी कलाकारमा हेर्न थालिएको छ ।

‘साङ्लो’लाई निकिता आफ्नो सहि डेब्यु मान्छिन । उनि भन्छिन ‘मेरो यो भन्दा राम्रो डेब्यु हुन सक्दैनथ्यो । एकदम धेरै सिके । राम्रो टिम पाएँ । विराज दाईको सहयोगले अभिनयमा सजिलो भयो । यस प्रोजेक्टमा सिकेको कुराले आगामी प्रोजेक्टमा अझ राम्रो काम दिन सक्ने विश्वास बढेको छ ।’

विराजकै लगानी तथा निर्देशनमा बनेको ‘साङ्लो’मा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको अभिनय छ ।

शिवम अधिकारीको लेखनमा निर्मित चलचित्रमा सुरेश अधिकारी,राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको द्वन्द, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी छ ।