मुकुन र बेनिशाको ‘भाँडाकुटी’ घोषणा



काठमाडौं । घटस्थापनाको दिन पारेर शनिवार नयाँ चलचित्र घोषणा गरिएको छ । दृष्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘भाँडाकुटी’ को शनिवार राजधानीमा सामाजिक दुरी कायम गर्दै एक कार्यक्रमबीच औपचारिक घोषणा गरिएको छ ।

अभिनेत्री बेनिशा हमाल र कलाकार मुकुन भुषाललगायतको अभिनय रहने चलचित्र ‘भाँडाकुटी’ आउँदो फाल्गुनमा वुटवल आसपासका ठाउँमा छायाँकन गरिने बताइएको छ । बैवाविक परिवेश सहितको सामाजिक कथामा निर्माण हुन लागेको चलचित्रलाई किरण बिकले निर्देशन गर्दैछन् । किरण बिककै कथामा कलम खड्काले चलचित्र निर्माण गर्न लागेका हुन् । ओस्कार फिल्म कलेज पास आउट भएका यूवाहरुको समूह चलचित्रमा हाबी छ ।

२०७८ साल लक्षित गरेर प्रदर्शन टार्गेट गरेको चलचित्रलाई निशल पौडेलले खिच्ने भएका छन् । चलचित्रमा राज कुमार दर्जीको कोरियोग्राफि र भिम बिकको सम्पादन रहने छ । चलचित्रमा गोपाल आचार्य एशोसियट डाइरेक्टर रहनेछन् । झण्डै एक करोड लगानीमा नयाँ टिमले चलचित्र निर्माण गर्न लागेका हुन् ।
समाजको कथालाई नयाँ ज्ञान सहित पुरा अनुभवहरुको साथमा राम्रो चलचित्र बनाउने उद्देश्य सहित नयाँ टिम आएकोले सबैले सहयोग गरिदिन निर्देशक किरणले अनुरोध गरेका छन् ।