अनुप बिक्रम शाहीले गरे बाल आश्रमलाई सहयोग



सेलिब्रेटी नेपाल । कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण चलचित्र क्षेत्रको काम बन्द भएसँगै ज्यालादारीमा काम गर्दै आएका र नेपाली चलचित्र क्षेत्रमा आत्मा निर्भर श्रम जीबिहरु र नेपालमा रहेका बिभिन्न बाल, बृद्द आश्रम लगायतहरुमा जीवन चलाएमान गराउन चलचित्र क्षेत्रका नायक नायिकाहरु विभिन्न सहयोगी कार्य गर्दै गराउदै आएका छन् यस्तै क्रममा अभिनेता अनुप बिक्रम शाहीले पनि अग्र स्थानमा रहि आफ्नै सक्रियतामा सहयोगी कार्य गर्दै आई रहेका छन् | त्यसै सिलसिलामा यो बिसम परिस्थितिलाई ख्याल गरि बाल आश्रमा आश्रित ३० जना बालबालिकाको दैनीकी चलाएमान गर्ने कार्यमा अनुप बिक्रम शाहीले सहयोग गरेका छन् |

शाहीले केहि दिन अघि मात्र धापासी ग्रिन ल्याण्डमा रहेको हाम्रो बाल संरक्षण धरोहर,नेपाल नामक बाल आश्रममा रहेका ३० जना अनाथ बालबलिकाहरूको लागि यो संकटको घडीमा लगभग तीन महिना सम्मको खाधान्न सहयोग गरेका छन् शाही र उनका सहयोगी अमेरिकामा बसोबास गर्ने समाजसेबी सम्झना मर्हजनबाट एकलाख भन्दा बढी रकमको अति आवश्यक पर्ने सामान र अरु थप तीन महीना सम्म पुग्ने गरि खाधान्न सरसामानहरु संथाको अध्यक्ष विनिता अर्याललाई हस्तान्तरण गरे।