चलचित्र पत्रकार संघ नेपालको २१ औं स्थापना दिवस डिजिटल प्लेटफर्ममा

सेलिब्रेटी नेपाल

काठमाडौँ: रङ्ग पत्रकारितामा कलम चलाउदै आएका पत्रकाहरुको छाता सङ्गठन चलचित्र पत्रकार संघ नेपालले आज २१ औँ वार्षिकोत्सव मनाउदैछ । संघका अध्यक्ष दिनेश सिटौलाले शुभकामाना संदेश जारी गर्दै डिजिटल प्लेटफर्मको माध्यमबाट यसपटक चलचित्र पत्रकारिता दिवस मनाउन लागिएको जानकारी दिए । कोरोना भाइरस (कोभिड १९) का कारण सिर्जित परिस्थितिको कारण यसपटक डिजिटल माध्यमबाट पत्रकारिता दिवस मनाउन लागिएको हो ।

विक्रम संवत २०५६ साल जेठ ७ गते भरत कुमार शाक्यको अध्यक्षतामा गठित संघलाई जिल्ला प्रशासन कार्यालय काठमान्डौमा दर्ता गरिएको थियो । त्यसपछि हरेक वर्ष गठन भएको दिन जेठ ७ गतेलाई स्थापना दिवसको रुपमा संघले मनाउदै आएको छ । साथै , संघले स्थापना दिवसकै अवसर पारेर सम्मान , पुरस्कार तथा प्रोत्साहन पुरस्कार पनि प्रदान गर्दै आइरहेको छ । त्यसलाई बढाउदै आगामी दिनमा मोफसलमा रहेका पत्रकारलाई पुरस्कृत गर्ने उदेश्यले ‘मोफसल पत्रकारिता पुरस्कार’ लाई समेत निरन्तरता दिने भएको छ ।

नेपाल पत्रकार महासंघको एसोसिएट संस्थाको रुपमा रहेता पनि संघको आफ्नै शाखाहरु ६ वटा रहेको छ । मोफसलमा पोखरा , चितवन , हेटौडा , बुटवल , दाङ र इटहरीमा संघको शाखा रहेको छ । शाखा विस्तारलाई समेत आउँदा दिनमा निरन्तरता दिने समेत संघले जनाएको छ ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३