‘जर्सी’को छायांकनमा साहिद कपुर घाइते


सेलिब्रेटी नेपाल

एजेन्सी: पछिल्लो समय अभिनेता साहिद कपुर फिल्म जर्सीको सुटिङमा व्यस्त रहेका छन् । यसै क्रममा उनले ठुलो घटनाको सामना गरेका छन् । उनी चण्डीगढमा भएको सुटिङका क्रममा घाइते भएका छन् । उनको अनुहारमा चोट लागेको छ । मिडिया रिपोर्टका अनुसार क्रिकेटको सिन गर्ने क्रममा उनी घाइते भएका हुन् । उनको अनुहार १६ वटा टाका लगाइएको बताइएको छ ।

उनलाई पाँच दिनका लागि आराम गर्न भनिएको छ । उनी मुम्बईमा आफ्नी श्रीमती मिरा राजपुतसँग अनुहार रुमालले छोपेको अवस्थामा देखिएका थिए । उनले अनुहारमा रहेको चोट लुकाएको अवस्थामा फेला देखिएका थिए । उनको तल्लो ओठमा क्रिकेट बल लागेपछि उनलाई तत्काल नै हस्पिटल लगिएको थियो । जर्सी फिल्मका लागि उनले धेरै नै मेहनत गरेको र सकेसम्म छिटो सुटिङ सकाउने तयारीमा उनी रहेका छन् ।