प्रभासको सफलताको कारण खुलाईन् उनकी आमाले

सेलिब्रेटी नेपाल

एजेन्सी:’बाहुबली’ बाट एकाएक सफलता प्राप्त गरेका अभिनेता हुन् प्रभास । १९ वर्षको उमेरमा होटलमा काम गरेका उनले २२ वर्षको उमेरमा अभिनय क्षेत्रमा प्रवेश गरेका थिए । तर, सोचेजस्तो सफलता पाउन भने उनलाई ‘बाहुबली’ नै कुर्नु पर्यो । त्यसपछि उनको चर्चा दक्षिण भारतीय फिल्ममा मात्र नभइ पुरै बलिउडमा पनि भयो ।

उनलाई पछिल्लो समय बलिउडबाट पनि उत्तिकै फिल्मका अफरहरु आएका छन् । उनले बाहुबली फिल्मको सफलतापछि आफ्नो आमाले पहिलोपटक प्रतिक्रिया दिएको बताएका छन् । आमाले आफुलाई धैर्य रहन र घमण्ड नगर्न भनेको उनले बताएका छन् । हाल प्रभास निकै चर्चामा रहेको फिल्म ‘जिल’ को तयारीमा रहेका छन् ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३