‘गे’ बन्ने भए आयुष्मान


सेलिब्रेटी नेपाल

एजेन्सी:’ड्रिम गर्ल’को सफलतापछि बलिउडका चर्चित अभिनेता आयुष्मान खुरानाको बलिउडमा डिमाण्ड झन् बढेर गएको छ । मिडिया रिपोर्टका अनुसार उनले ‘शुभ मंगल ज्यादा सावधान’ मा काम गर्ने भएका छन् । यस फिल्ममा उनि ‘गे’ को भुमिकामा देखिदैछन् । यस फिल्ममा इन्टिमेट सिन पनि रहेको र यसका लागि आयुष्मान तयार रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

आयुष्मानले कस्ता फिल्महरु खेल्छन् यो सबैलाई थाहा छ । आर्टिकल १५, बधाइ हो जस्ता लो बजेटका फिल्महरुले बक्स सानदार कमाइ गर्न सफल भएका थिए । उनले कथावस्तु पनि यस्तै छान्ने गर्छन् जो मुलधारका फिल्महरुभन्दा भिन्न हुन्छन् तर, उनीहरुलाई टक्कर दिने खालका हुन्छन् । यस फिल्मले पनि सफलता पाउने उनी आशावादी रहेको बताइएको छ ।