पुर्व प्रधानमन्त्री भट्टराई, पुर्व प्रधानन्याधिस कार्की रियालिटी शोको जज बन्दै


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपालमा ‘रियालिटी शो’को कुनै कमी छैन । कतिपय नेपालमै निर्माण गरिएकाकार्यक्रम छन् भने अधिकांश विदेशी फ्रेन्चाइज छन् ।

यसै क्रममा‘द लिडर’ नामक रियालिटी शो कार्यक्रमको घोषणा गरिएको छ । विहिवार काठमाडौँको अन्नपुर्णहोटलमा आयोजित एक औपचारिक कार्यक्रमकाविचउक्त‘शो’को घोषणा गरिएको हो ।

छिट्टै अडिसनमा जाने तयारीमा रहेको यो कार्यक्रमको निर्णायकमा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पत्रकार तथा नेता रविन्द्र मिश्र, पुर्व प्रधानन्याधिस शुशिला कार्की र अन्य दुई चर्चित नेता रहनेछन् । त्यस्तै, उक्त ‘रियालिटी शो’को उद्घोषकको जिम्मेवारी भने ‘सिधा कुरा जनतासँग’टेलिभिजन कार्यक्रम मार्फत चर्चामा आएका रवि लामिछानेलाई दिइएको छ । झण्डैं एक बर्षको तयारीपछि कार्यक्रमको घोषणा गरिएको हो ।

‘द लिडर’का विजेताले काठमाडौँमा अपार्टमेन्ट, कार र २० लाख नगद प्राप्त गर्नेछन् । मुलुक इतिहासकै अप्ठेरो अवस्थामा फसेको र यसको मुख्य कारण राष्ट्रले उपयुक्त नेतृत्व जन्माउननसकेको अवस्थामा यो कार्यक्रमको परिकल्पनागरिएको हो ।

चाँडै नेपालका सातै प्रदेशका धनगढी, सुर्खेत, बुटवल, पोखरा, काठमाडौं, जनकपुर र विराटनगरमा अडिसन हुनेछन् भने नेपालबाहिर अमेरिका, साउदी अरब, दुबई, दक्षिण कोरिया, मलेसिया र अष्ट्रेलियामा अडिसनको आयोजनागरिनेछन् ।

१० एपिसोड संचालनमार्फत १ सय जनाप्रतिस्पर्धी छानेपछि ११ देखि १३औं एपिसोडबाट ६५ जनालाई हटाएर ३५ जना छानिनेछन् । आयोजक एसआरविएन मिडियाले एरो प्रोडक्सनको सह कार्यमा कार्यक्रम ल्याउन लागेको हो । कार्यक्रमन्युज २४ टेलिभिजन साथै रमाईलो टि.भी एचडी र गुन्द्रुक एपमा प्रसारण हुनेछ।