गीतसंगीतलाई पैसासँग तुलना गर्न मिल्दैन: गायिका जुनु गौतम


सेलिब्रेटी नेपाल काठमाडौँ

गीतसंगीतको एक पर्यायवाची नाम हुन् जुनु गौतम । झापा जिल्लामा जन्मिएकी गौतम हाल भारतको सिलगुडीमा बसोबास गर्दै आएकी छिन् । सानै उमेरदेखि गीतसंगीत भनेपछि हुरुक्कै हुने गौतमले आफ्नो सुरिलो स्वर लाखौ दर्शक स्रोतमाझ छरिसकेकी छिन् ।

गीतसंगीतलाई पैसासँग तुलना गर्न हुदैन भन्ने भावना बोकेकी गौतम आफुसँग कला भएमा पैसा आफै कमिने दावी गर्छिन् । लगभग एक दर्जनको हाराहारीमा नेपाली, हिन्दी, साथमा केही बंगाली गीतमा समेत आफ्नो स्वर दिईसकेकी गौतमको पहिलो रेकर्ड भएको गीत रिलिजको क्रममा रहेको चलचित्र जीवन काँडा कि फुल मा समावेश तिमीलाई जस्तै हो । सो चलचित्रमा उनले दुई गीतमा स्वर दिएकी छिन् ।

गीतसंगीतको क्षेत्रमा आफ्नो भविष्य खोज्नकै लागी हाल नेपाल आउने जाने गरिरहेको बताउदै गौतमले संगीत क्षेत्रमा आफुले केही योगदान दिन सकियोस् भन्ने नै आफ्नो मुल उद्धेश्य रहेको बताईन् । गौतमले हालै अर्काे जन्म होला नहोला एल्बममा समावेश गीत ठुलीको म्युजिक भिडियो समेत सार्वजनिक गरिसकेकी छिन् । अहिले यसै गीतको प्रोमोशनमा ब्यस्त रहेकी उनी आफ्नो एल्बम अर्काे जन्म होला नहोला सार्वजनिकको अन्तिम तयारीमा छिन् ।

आफु नेपालमा जन्मेकी नेपालीकी छोरी भएको नाताले पनि भविष्यमा नेपाली गीतसंगीतको क्षेत्रमा नै अगाडी बढ्ने सोच बनाएको गौतममा भनाई छ । आफ्नै एल्बममा मात्रै नभएर हाल विभिन्न कलेक्सन एल्बम, केही चलचित्रका गीतमा समेत स्वर दिईसकेकी गौतम प्लेब्यक सिंगीङमा समेत जम्ने सुरमा छिन् ।

काठमाडौ आएर नेपाली गीतसंगीतमा काम गर्नु र हिन्दी तथा अन्य प्रान्तिय भाषामा गीत गाउँदा कुनै फरक नदेख्ने उनी लोक, पप, आधुनिक सबै प्रकारका गीत गाउँन मन पराउँछिन् । जुनु गौतमले छिट्टै सांगीतिक आकाश चुम्न सकुन् हाम्रो पनि शुभकामना ।
भिडियो हेर्नुहोस्:

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.