डेन्जरस फेसबुक नेपालमा


(सेलिब्रेटि नेपाल) काठमाडौँ
Mugda-Godse-Dangareous-Facebook
नेपाली हस्तीहरु विदेश जाने देखि लिएर नेपाली चलचित्रहरु बिदेशमा सुटिंग हुने होस् या बलिउड कलाकारहरु नेपाल भ्रमणमा आउने र बिदेशी चलचित्र नेपालमा छायाँकन हुने होस्,यो क्रम पछिल्लो समय एकदम बढेर आएको छ । नेपालमा रमणिय स्थलहरु प्रशस्त भएकाले नै यो क्रम बढ्दै गएको हो । नेपालमा छायाँकन भएको बलिउड चलचित्र ‘बेबी’ले आफ्नो प्रदर्शन गरेको केहि दिन हुन नपाउदै अर्को बलिउड चलचित्रले पनि नेपालमै छायाँकन गर्ने भएको छ ।

हिन्दी भाषाको चलचित्र भएता पनि कलाकार बाहेक अरु सम्पूर्ण टिम नेपाली नै रहने चलचित्रको नाम “डेन्जरस फेसबुक” जुराइएको छ । यसै चलचित्रको छायांकनको लागि ‘फेसन’बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री मुग्धा गोड्से र ‘एमपी३–मेरा पेहला पेहला प्यार’का डेब्यु अभिनेता रुस्लान मुम्ताज काठमाडौँ आएका छन् । सानु शाक्यले निर्देशन गर्ने चलचित्रलाई मनोज नारायणले निर्माण गर्ने भएका छन् । मुग्धा गोड्से, रुस्लान मुम्ताज बाहेक राजन तिवारी, राहुलदेब लागयत कलाकारहरुको मुख्य भूमिका रहने चलचित्रलाई संजय लामाले आफ्नो क्यामेरामा कैद गर्ने छन् ।

नेपालका रमणिय स्थलहरु लुम्बिनी, पोखरा,जोमसोम, काठमाडौँमा छायाँकन गरिने चलचित्रको केहि अंश मुम्बईमा पनि छायाँकन हुने छ । शिवम अधिकारिको लखन, कविराज गहतराजको नृत्य निर्देशन, रोशन श्रेष्ठको द्वन्द रहने चलचित्रलाई गुफी र सहजाहले संगीत दिने भएका छन् । चलचित्रमा सुबासराज काफ्ले प्रोडक्सन मेनेजरको रुपमा रहने भएका छन् ।