‘फुल बुटे सारी’पछि मार्मिक लामाको नयाँ गीत ‘हिँड मसँगै’ रिलिज


काठमाडौं । गायक मार्मिक लामाको स्वरमा नयाँ गीत ‘हिँड मसँगै’ सार्वजनिक गरिएको छ । सोमबार मार्मिक लामाको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।

गीतमा शब्द तथा संगीत पनि मार्मिक लामाकै रहेको छ । यसअघि सार्वजनिक गीत ‘फुल बुटे सारी’ले दर्शकबाट राम्रो माया पाएको थियो । सोही सफलतापछि नयाँ गीतलाई पनि दर्शकले रुचाउनेमा आफू आशावादी रहेको मार्मिक लामाले बताएका छन् ।

सार्वजनिक भिडियोमा दुई जोडीबीचको प्रेमकथालाई प्रस्तुत गरिएको छ । भिडियोमा मोडल अम्बिका तामाङ र विवेक कार्कीको अभिनय देख्न सकिन्छ । अम्बिका लामाले यसअघि पनि नेपाली तथा तामाङ गीतका विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

रोबन मगरको निर्देशनमा तयार भएको भिडियोको छायांकन दुर्गा श्रेष्ठले गरेका हुन् । गीत सार्वजनिक भएको छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निर्माण पक्षले जनाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.