
काठमाडौं । प्रधानमन्त्री पदको सपथ लिनुअघि चर्चित हिप–हप गायकसमेत रहेका बालेन शाहले बिहीबार आफ्नो नयाँ प्रस्तुति ‘जय महाकाली’ युट्युबमार्फत सार्वजनिक गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई संसदीय दलको नेतामा अनुमोदन गरेको केही घण्टामै उनले यो गीत सार्वजनिक गरेका हुन्।
‘जय महाकाली’को अडियो संस्करण भने करिब ११ वर्षअघि नै सार्वजनिक भइसकेको थियो। पुरानै गीतलाई नयाँ प्रविधिमार्फत रि–मास्टर गर्दै यसपटक भिडियोसहित दर्शकमाझ ल्याइएको हो। भिडियोमा बालेनको चुनावी अभियानका झलकहरू समेटिएका छन् भने गीतले राष्ट्रिय एकता र देशप्रेमको भावना उजागर गर्छ।


