
काठमाडौं । वास्तविक घटनामा आधारित नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ। सामाजिक यथार्थ झल्काउने यस भिडियोले दर्शकमाझ गहिरो सन्देश दिन खोजेको निर्माण टिमले जनाएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर ‘अधुरो सपना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो। भिडियो सार्वजनिक कार्यक्रमा कलाकार रामचन्द्र,अधिकारी,दमन रुपाखेती, तारा केसी,दिवाकर भण्डारी लगाएत थुप्रै कलाकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।
गीतमा घिसिङ शरण ओमको स्वर रहेको छ भने संगीत निर्देशन अन्तज नकर्मीले गरेका हुन्। भिडियोमा सुरबीर पण्डित, लेखान्त भुसाल, यादव थापा, नवीन रेग्मी, विक्रम श्रेष्ठ, अर्जुन कार्की, कुमार गोले, सोमा घिसिङ, घिसिङ शरण ओम, जेनिशा घिसिङ र अस्मिन थापाको अभिनय देख्न सकिन्छ। घिसिङ शरण ओमले आफ्नो जिन्दगीमा घटेको घटनालाई समेटेर भिडियो मार्फत दर्शकको माझमा पुर्याउन खोजेको र आफुले नपाएको न्याय पाउन प्रयास गरेको बताए। गीतमा देखाएको घटना वास्तविक भएको र यो घटनाले धेरैको मन छुने बताए।
संवाद अभिषेक गौतमले लेखेका हुन् भने छायांकन तथा सम्पादन अशोक चौधरीले गरेका छन्। भिडियो रोलिङ किंग्स स्टुडियोमा तयार गरिएको हो र संगीत निर्माता रुजन श्रेष्ठ रहेका छन्।
निर्देशन लेखान्त भुसालले गरेका यस भिडियोले समाजका यथार्थ पक्षलाई कलात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ। निर्माण टिमका अनुसार, भिडियोले दर्शकलाई भावनात्मक रूपमा जोड्ने र सोच्न बाध्य बनाउने विश्वास गरिएको छ। कार्यक्रममा उपस्थित अतिथि कलाकारहरुले घिसिङ शरण ओमले आफ्नो वास्तविक कथा भिडियो मार्फत देखाएको र उनले न्याय पाउनु पर्ने बताए। भिडियो लेखान्त अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।


