
काठमाडौं । गायक–संगीतकार भिम बिस्टको शब्द तथा संगीत रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। गीतमा स्वर एसडी योगी र रेश्मा पुनले दिएका छन् भने संगीत निर्माण रिकेश गुरुङले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ स्वयं एसडी योगीले गरेका हुन्।
गीतमा बाँसुरीतर्फ रत्न बीके र सारंगीमा हेमन्त कान्छाले संगत दिएका छन्, जसले गीतलाई अझै मधुर र सजीव बनाएको छ। गीतको भिडियोमा एन्जल राई र भिम बिस्टको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन राजेश पुमा राईले गरेका हुन् भने निर्माण ‘भिजुअल आर्ट्स स्टुडियो’ले गरेको हो। छायांकन हरि हुमागाईंले गरेका छन् भने सम्पादन विकास दाहालको रहेको छ।
भिडियोमा मेकअप आर्टिस्ट सबिना गुरुङ, वाडरोब सुकनीता चौलागाईं, कोरियोग्राफी रोशन बिस्वकर्माले गरेका छन्। स्टिल तथा बीटीएस प्रकाश नागरीले खिचेका हुन् भने प्रोडक्सन म्यानेजरको जिम्मेवारी दिपेन्द्र गौतमले सम्हालेका छन्। भिडियो निर्माण ‘पुमा फिल्म्स’मार्फत गरिएको हो। सार्वजनिक गीत तथा भिडियोले दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमले जनाएको छ।

