‘जुनसँग के दाँजौँ र’ सार्वजनिक


काठमाडौं । भावनात्मक शब्द, सुमधुर संगीत र मनमोहक दृश्यसहितको नयाँ म्युजिक भिडियो ‘जुनसँग के दाँजौँ र’ सार्वजनिक भएको छ। अमेरिकालाई कर्मथलो बनाउँदै आएका कलाकार भुवन लोहनीको शब्द र अभिनय रहेको यो भिडियो ओएसआर डिजिटलमार्फत युट्युबमा सार्वजनिक गरिएको हो।

लोहनीका शब्दमा दीपक शर्माको संगीत संयोजन रहेको गीतमा गायक राजेश पायल राईले स्वर दिएका छन्। गीतको छायांकन लमजुङको रमणीय घलेगाउँलाई पृष्ठभूमि बनाएर गरिएको छ, जसले गीतलाई अझै जीवन्त बनाएको छ।

आफ्नै जन्मभूमि घलेगाउँको सौन्दर्य र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले भिडियोको अवधारणा कृष्णबहादुर थापाले तयार पारेका हुन्। म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी सुरेन्द्र बस्नेतले गरेका छन्।

भिडियोमा भुवन लोहनीसँगै अर्बिशा थापाको अभिनय देख्न सकिन्छ। नहकुल खड्काको सम्पादन रहेको यस म्युजिक भिडियोका निर्माता सबिता भुवन जीएल र निशान लोहनी हुन्।

Copyright © 2012 - 2026 | All Right Reserved.