
काठमाडौँ। नेपाली संगीत बजारमा प्रेम, सम्झना र भावनाको सुन्दर मिश्रण बोकेको नयाँ गीत ‘तिम्रो नजरले’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मायाको भावलाई स्मृतिको रूपसँग जोडेर प्रस्तुत गरिएको यस भिडियोले दर्शकको मन छुने अपेक्षा गरिएको छ।
फिल्म ‘सिन्दुर’ बाट अभिनय यात्रामा पाइला चालेका अभिनेता विश्व बस्नेत यस म्युजिक भिडियोमा मुख्य भूमिकामा देखिएका छन्। उनका साथमा सारा अधिकारी, गीता श्री र सन्दीप बाबु लोहनीको सशक्त अभिनयले भिडियो अझ जीवन्त बनेको छ।
यस म्युजिक भिडियोको निर्देशन निर्मल पौडेलले गरेका हुन्। शब्द राज मुकारुङको रहेको यस गीतमा हरि लम्सालको संगीत छ भने गीतलाई गायक किशोर सिवाकोटीले आवाज दिएका छन्।
म्युजिक भिडियोको छायांकन विवेक खड्काले गरेका हुन्। रंग संयोजनको जिम्मेवारी बब्बरले सम्हालेका छन् भने भिडियो सम्पादन अनिमेष सपकोटाले गरेका छन्। यस म्युजिक भिडियोको निर्माण घामकिरी फिल्म्स प्रोडक्सनले गरेको हो। भिडियो किशोर सिवाकोटीको अफिसियल यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।


