ममता राईको शब्द रहेको गीत ‘पूर्वै घुमेर’ सार्वजनिक (भिडियो)


काठमाडौं । समाजसेवी गीतकार ममता राईको शब्द रहेको गीत ‘पूर्वै घुमेर’ सार्वजनिक गरिएको छ । मेलिना राई र कृष्णभक्त राईको स्वर रहेको गीतमा कृष्णभक्तकै संगीत रहेको छ । गीतमा राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ छ ।

गीतको भिडियोमा एलिस राई र ममता खालिङ राई फिचर्ड छन् । भिडियोका निर्देशक एलिस राई हुन् । भिडियोमा दिनेश पराजुलीको छायांकन, मिलन विश्वकर्माको सम्पादन र कलर ग्रेडिङ छ ।

सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिकामा जन्मिएकी ममता हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी छन् । कलाकार रोशन राई र ममता राईको निर्माण रहेको भिडियो ममता राई युटयुब च्यानलबाट सार्बजनिक भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.