
काठमाडौँ। मङ्सिर महिना विवाहको सिजन लागे संगै नयाँ नृत्यमय गीत ‘पञ्चे बाजा बजाई लान्छु’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा सुर रक्स र बबी रोजा ढकालको स्वर रहेको छ। गीतमा सुर रक्सकै शब्द तथा संगीत रहेको छ। सुनिल क्षेत्रीले निर्देशन गरेको भिडियोमा सुनिल क्षेत्री र संचिता बोलाखे फिचर्ड छन्। दिनेश पराजुलीले छायांकन गरेको भिडियोमा अमृत चापागाईंको सम्पादन रहेको छ।
भिडियो श्री चाम्लिङ्ग राईले निर्माण गरेका हुन्। नृत्य, संगीत र रंगीन दृश्यको सुंदर संयोजन भएको यो गीत दर्शक–श्रोतालाई छमछम नाच्न बाध्य पार्ने खालको बनेको छ। गीतको भिडियो श्री सिम्फोनिक स्टुडियोको अफिसियल यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।


