तिहारको अवसरमा रोमान्टिक गीत ‘हाँसीदेऊ न प्रिय’ सार्वजनिक


काठमाडौं। तिहारको अवसर पारेर आरएस इन्टरटेन्टमेन्ट जेपीले अञ्जुषा शाहीको प्रस्तुतीमा नयाँ रोमान्टिक गीत ‘हाँसीदेऊ न प्रिय’ सार्वजनिक गरेको छ । यो गीतले प्रेम, संवेदना र उत्सवको भावनालाई एकसाथ जोड्दै तिहारको माहोलमा नयाँ रौनक भरेको छ ।

गीतमा गायक राजेश पायल राई र गायिका अन्नु चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतका शब्दहरू प्रसिद्ध गीतकार बी.बी. थापाले लेखेका हुन् भने संगीत र संयोजन मनोज चौलागाईंले गरेका हुन् ।

भिडियोमा राहुल शाही ठकुरी र प्रियंका कार्की फिचर्ड छन् । भिडियोको निर्देशन नितिन चन्द र नमित चन्द ठकुरीले संयुक्त रूपमा गरेका छन्, जसले कथा र प्रेमको सौन्दर्यलाई दृश्यमा जीवन्त उतारेका छन् । पवन सुस्लिङ्गले छायांकन गरेको भिडियोको सम्पादन राकेश दाहालले गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.