प्रताप र समिक्षाको ‘वयान’ सार्वजनिक, सन्तोष र प्रियनाको सुहाएको केमेस्ट्री


नुवाकोट। गायक प्रताप दास र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘बयान’ बोलको मेलोडियस गीतको भिडियो नुवाकोट बिदुरमा रहेको शिवालय सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो। भिडियो सार्वजनिक कार्यक्रममा म्युजिक भिडियो निर्माण टिम संगै नुवाकोटका थुप्रै गन्यमान्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

नुवाकोटमा थुप्रै व्यवसाय गरेर सफल बनेका सन्तोष सरगम अधिकारीको शब्द रचना रहेको गीतमा सरोज पोखरेलको संगीत रहेको छ। रोशन दासले निर्देशन गरेको भिडियोमा सन्तोष सरगम अधिकारिको जीवन र सफलताको कथा देखाउन खोजिएको छ।

नितेश घतानले छायांकन गरेको भिडियोको सम्पादन बिनोद बमले गरेका हुन्। भिडियोमा सन्तोष सरगम अधिकारी,प्रियना आचार्य, नारायण बिक, रुपा पुडासैनी फिचर्ड छन्। सन्तोष सरगमको यो पहिलो भिडियो हो। भिडियोमा सन्तोष र प्रियनाको केमेस्ट्री राम्रो देखिएको छ। सन्तोषको निर्माणमा बनेको भिडियो सरोज पोखरेलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। भिडियोमा नुवाकोटका बिभिन्न रमणीय स्थानहरु कैद गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.