नग्वाङ्ग लामा र इन्द्रकला राईकोको ‘धन मन’ सार्वजनिक (भिडियो)


काठमाडौँ। गायक नग्वाङ्ग लामा र गायिका इन्द्रकला राईको स्वरमा रहेको मौलिक नेपाली लोक शैलीको गीत ‘धन मन’ भिडियो सहित सार्वजनिक गरिएको छ। देवराज आले मगरको शब्द तथा संगीत रहेको गीतमा मौलिक शब्द र लोक संगीत सुन्न सकिन्छ। गीतलाई मनोज थापा मगरले संगीत संयोजन गरेका हुन्।

देवराज आले मगरले निर्देशन गरेको भिडियोमा रिया लामा,उस्मिता मगर,कुसुम गुरुङ,अमित मगर फिचर्ड छन्। अनिल के मानन्धरले छायांकन गरेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन्। सर्जन थापाको कोरियोग्राफी रहेको भिडियो गायक स्वयमको अफिसियल यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ। गीतको मौलिक शब्द अनुसार भिडियो पनि टिपिकल बनेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.