‘महाभोज’ अब ओटीटीमा, संसारभरबाट हेर्न सकिने


काठमाडौं। गत जेठ ३० गते सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महाभोज’ अब नेपाली ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज गरिएको छ। अब यो चलचित्र संसारभरका दर्शकले घरमै बसेर एपमार्फत मोबाइल, टेलिभिजन तथा कम्पयुटरमा हेर्न सक्ने भएका छन्।

दिनेश राउतको निर्देशनमा बनेको ‘महाभोज’ नेपालको सहकारी घोटाला, राजनीतिक भ्रष्टाचार र साधारण नागरिकको न्याय खोजीमा आधारित सामाजिक–राजनीतिक ड्रामा हो। यसको कथामा एक बैङ्कका कर्मचारीले आफूलाई आवश्यक परेको पैसा आफ्ना पितासँग माग्दा थाहा पाउँछ कि बचत रकम सहकारीमा फसेको छ। त्यसपछि सो रकमको लागि उत्पन्न हुने सङ्घर्ष, विद्रोह र सत्य खोजी नै कथाको मुख्य धारा हो।

हिमाल कडरियाको निर्माण तथा विकास सुवेदीको लेखन रहेको ‘महाभोज’ चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने र आभा अर्याल लगायतका कलाकारको अभिनय समावेश छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.